Rule 13
कल्याणकारी अधिकृतको काम, कर्तव्य र अधिकार

ऐन तथा यस नियमावलीमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त कल्याणकारी अधिकृतको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–

(क) विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थास“ग सम्पर्क र समन्वय गरी मुक्त कमैयाको लागि सीपमूलक तालीम तथा आय आर्जन कार्यक्रम सञ्चालन गर्ने,

(ख) सीपमूलक तालीम लिएका मुक्त कमैयाको अद्यावधिक विवरण तयार गरी प्रत्येक आर्थिक वर्ष समाप्त भएको पन्ध्र दिनभित्र मन्त्रालय समक्ष पेश गर्ने,

(ग) मुक्त कमैयाको आय आर्जन, व्यवसाय र रोजगारी प्रबद्र्धनको लागि नेपाल सरकारद्वारा स्वीकृत तालीम कार्यक्रम सञ्चालन गर्ने,

(घ) कोषबाट ऋण प्राप्त गरेका मुक्त कमैयाले शर्त बमोजिम व्यवसाय सञ्चालन गरे नगरेको अनुगमन गर्ने वा गराउने,

(ङ) मुक्त कमैयालाई दिइएको ऋण असुली गर्ने,

(च) मुक्त कमैयालाई सहकारीको भावना अनुरुप संगठित र परिचालित हुन प्रोत्साहन तथा सहयोग गर्ने,

(छ) रोजगारी सम्बन्धी सूचनाको संकलन गरी उपयुक्त माध्यमबाट मुक्त कमैयाहरुलाई जानकारी दिने ।